काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।


ADVERTISEMENT


बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन् । पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक थियो तर भुपेनले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए ।


ADVERTISEMENT

# # #


यससँगै नेपालले १३औं सागमा तेक्वान्दोतर्फ १२ स्वर्ण जितेको छ । यससंगै नेपालले जारी सागमा ३४ स्वर्णै जितेको छ । आजै पौडीवाज गौरिका सिंहले पनि २०० मिटरको फ्रिस्टाईल नेपाललाई स्वर्ण दिलाएकी थिइन् ।