काठमाडौँ कामना सेवा विकास बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले सोमबार शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतक्त रुपमा उद्घाटन गरेका हुन् । अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिँदै आफूले सक्दो सहयोग गर्ने बताए ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १०४ वटा शाखा तथा ५३ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।