काठमाडौं – नेकपा (एमाले) का पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।


ADVERTISEMENT


शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले १०औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि बताए । तामाङले आफूहरु सहमतिको साथ महाधिवेशन सम्पन्न गर्नतर्फ लागिरहेको पनि जानकारी दिए ।

महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिईसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले बताए ।