काठमाडौं – हर्ट अट्याक आधुनिक विश्वको एक जल्दोबल्दो समस्याका रुपमा स्थापित भएको छ । हर्ट अट्याक उमेर खाएका प्रौढलाई मात्र नभई कम उमेरका मानिसलाई पनि हुने गरेको तथ्यांकहरुले देखाएका छन् । तर हर्ट अट्याक किन हुन्छ र यसको असर के हो भन्ने बारेमा आज पनि मानिसहरुलाई जानकारी छैन । यसका असर र बच्ने उपायका बारे धेरै किसिमका चर्चा सुनिने गरिएको छ । यसबाट बच्न हामी विभिन्न उपाय अपनाउन सक्छौं ।
ज्यादा धूम्रपान गर्ने मानिसलाई हार्ट अट्याकका खतरा ज्यादा हुन्छ भने कहिले काही यो वंशाणुगत कारणले पनि हुने गरेको छ । मानिसको मुटु मजबूत कोशिकाहरुले बनेको हुन्छ । जसका कारण हाम्रो मुटु स्वस्थ रहन्छ तर आजभोलिको अस्वस्थ्य खानपिनका कारण कम उमेरमै यसमा समस्या आउने गरेको छ । हाम्रो शरीरमा मटुको काम भनेको अक्सीजन, पोषक तत्व तथा रगतलाई पम्प गरेर शरीरको दोस्रो भागमा पुर्याउने हो ।
तर बढ्दो उमेरका साथ साथ या खराब खानपान र जीवन शैलीका कारण मुटुमा पुग्ने रक्त प्रवाहरमा रूकावट हुन्छ जसका कारण हर्ट अट्याक कारण बन्छ । जब हाम्रो शरीर को धमनिमामा रुवावट हुन्छ तव शरीरमा रक्त प्रवाह सुचार हुन सक्दै जसका कारण कायौं पटक हर्ट अट्याक हुन सक्छ ।
धमनिमा विभिन्न पदार्थहरु जम्मा हुन जाँदा रक्त सञ्चारमा रोकावट हुन्छ । जसका कारण दौडिदा मुटु धेरै धड्कन्छ वा पम्प गर्छ तर रक्तनलिमा रुकावट आउँदा आवश्यकता अनुसारको रक्त प्रवाह हुन सक्दैन र हर्ट अट्याक हुन जान्छ । धमनी बन्द भएसँगै हाम्रो मुटुमा पर्याप्त मात्रामा रगत तथा अक्सीजन पुग्दैन जसका कारण तिव्र रुपमा धड्कन जान्छ र श्वास फेर्न समस्या आउँछ । जो हार्ट अट्याकको कारण बन्छ ।
जब मुटुमा अक्सीजन को कमी हुन थाल्त तव मुटुले मस्तिष्कमा इमरजेन्सी सिग्नल पठाउँछ । त्यसपछि मस्तिष्क यो इमरजेन्सी सिग्नल हड्डीमा पठाउँछ र मुटुमा अक्सीजन को कमी भएपछि शरीरको दोस्रो हिस्साको अक्सीजन सप्लाई कम गरिदिन्छ । यस्तो स्थितिमा शरीर को दोस्रो हिस्सा जस्तै गर्दन, कान, काँध, पाखुरामा पीडा हुन्छ । भने टाउँको बीचमा चर्को दुखाइ हुन्छ, जो हर्ट अट्याकको संकेत हो ।
हर्ट अट्याकको पीडा झेल्नु मुटुको मजबूतीमा निर्भर हुन्छ । यही कारण जवानहरुले हर्ट अट्याकको पीडालाई सामान्य रुपमा झेल्ने गरेका छन् । यो पीडा केही क्षण मात्र हुन्छ भने कही अवस्थामा भने यो कयौं घण्टा सम्म पनि हुने गरेको छ । यस्तो स्थिति मा तुरुन्त डाक्टरसँग जाँच गराउन आवश्यक छ ताकि समय रहदै यसमा नियन्त्रण गर्न सकियोस् ।
समय रहँदै सही उपचार न गर्नका कारण मुटुको मांसपेशिहरु विस्तारै विस्तारै निष्क्रिय हुदै जान्छ र अन्तिममा मुटुले काम गर्न बन्द गर्छ । यस्तो स्थितिमा केही मिनेटमा नै मस्तिष्कको कोशिका पनि काम गर्न छोड्छन् ।
हर्ट अट्याकपछि मुटुका केहि हिस्साले काम गर्न छोड्छन् जो फेरि ठिक हुने सम्भावना अत्यन्तै कम हुन्छ । जसका कारण हर्ट अट्या पछि जुन सुकै समयमा पनि ज्यान जान सक्छ ।
यसरी हार्ट अट्याकबाट बच्न सकिन्छ
हार्ट अट्याकको खतरा कम गर्नका लागि जरुरी छ खानपानमा नियन्त्रण, तथा जीवनशैलीमा परिवर्तन । यसका लागि धेरै मसलेदार खानमा नियन्त्रण आवश्यक छ । त्यस्तै नियमित रुपमा फलफुल, सलाद, हरियो साग सव्जीको प्रयोग आवश्यक छ । त्यस्तै नियमित रुपमा योग तथा व्यायाम जरुरी छ ।