Author: Himalaya Post

काठमाडौमा लागुऔषध भित्रिने क्रम बढ्दो

काठमाडौँ– जिल्लामा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । तुलनात्मक रुपमा पछिल्लो समयमा जिल्लामा लागुऔषध भित्र्याउन केशहरुमा वृद्वि आएको हो । यद्यपि प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनामा मात्रै प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम नभएकाले प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय हुन पाउँदा यसमा उपलब्धि हासिल भइरहेको बताउँछन् । उनका अनुसार, अन्य आपराधिक गतिविधि चोरीठगी गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेको छन् । प्रहरीले लागुऔषध कारोवारी सक्रिय भएको आशङ्कामा नाका र...

Read More

राष्ट्रिय भेलामा माधवले भने : ओलीका ‘साइबर स्याल’हरु त जिउँदै रहेछन् !

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले झठा सूचनाको आडमा कूप्रचार गरेको आरोप लगाएका छन् । बुधबार आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओली समूहले बनाएको साइबर सेनाले सूचनालाई बंग्याएर कार्यकर्तालाई अल्मल्याएको बताए । उनले योगेश भट्टराईको नाम र हस्ताक्षरको दुरुपयोग गरेर आजको राष्ट्रिय कार्यकर्ता भेलालाई स्थिगित गरिएको भन्दै कुप्रचार गरेको बताए । ‘म आफैले हरेँ, होइन यो के पो आएछ, नामसहितको कागजलाई फोटोकपी गरेर अर्को ढंगले टाँसेर अर्कै समाचार बाहिर सम्प्रेषण गरिएको रहेछ ।’ उनले भने, ‘त्यसै मान्छेले भनेका रहेनछन्, साइबर स्यालहरु अहिले पनि जिउँदै रहेछन् ।’...

Read More

पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण बढ्दो

काठमाडौँ– पशुपतिनाथ मन्दिरमा ११ महिनापछि विशेष पूजा शुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउन क्रम बढ्न थालेको हो । विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । महाशिवरात्रिका दिनमात्र पशुपतिनाथ मन्दिरमा रु. ३१ लाख १२ हजार ३०० को विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिउका छन् । महाशिवरात्रिका दिन रु. पाँच हजार १०० र रु. ११ हजार...

Read More

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गरेको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गरेको हो । महिला तथा बालबालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गरिएको छ । सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको जनाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्ताव कांग्रेस सांसद डा. डिला सङ्ग्रौला, लक्ष्मी परियार र प्रमिला राईले दर्ता गराएका हुन् । यसैगरी कोभिड–१९ ले वैदेशिक रोजगारीमा पारेको प्रभाव सम्बन्धमा श्रम, रोजगार...

Read More

दक्षिण कोरिया आइपुगे अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री

सियोल – अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुगेका छन् । चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ । उनीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नेछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उदियमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ । उनीहरुले यसअघि जापानको भ्रमण गरेका थिए । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोबाट सियोल प्रस्थान गर्नुअघि अमेरिकी विदेश मन्त्री ब्लिन्केनले देशभित्र बढी दमन र विदेशमा तिब्रताका...

Read More