काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले ‘एमबीएल केयर क्रेडिट’ सुविधा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको ‘एमबीएल केयर क्रेडिट’ सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैँकले जनाएको छ । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाखसम्मको रकम प्रदान गर्ने छ ।


ADVERTISEMENT

# # #


बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुविधा लिन सक्नेछन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकहरुले बैंकको वेबसाइटमा गइ क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने बैँकले जनाएको छ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकहरुले उक्त सुविधा बैंकको देशैभर रहेका १६० शाखाहरु मार्फत सजिल्यै लिन सक्नेछन् ।