काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले विवाद मिलाउन २०७५ जेठ २ मा फर्कन सहमत भएका छन् । शुक्रवार सिँहदरबारमा बसेको ओली र माधव कुमार नेपाल पक्षका नेताको बैठकमा ओली जेठ २ मा फर्कन तयार भएका हुन् ।


ADVERTISEMENT


तत्कालीन माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ मा एकता भई नेकपा बनेको थियो । तर, अदालतले ऋषि कट्टेल नेतृत्व नेकपालाई वैधानिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएको थियो ।


ADVERTISEMENT

# # #


बैठकपछि नेता भीम रावलले एकता कायम राखी दललाई अगाडि बढाउन २०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने सहमति भएको जानकारी दिए ।
जेठ २ मा फर्कनका लागि ओली र नेपालले कार्यदल तयार गर्ने उनले बताए ।