Author: Himalaya Post

एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी प्रदेशमा वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

नवलपरासी — एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको बरुवा र भुमहि शाखाको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश अन्तर्गत वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सुस्ता गाउँपालिका–१, बरुवा स्थित होटल आंगनको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रम बरुवा शाखाका प्रमुख सृजना न्यौपानेको अध्यक्षतामा सुरु भएको थियो भने संस्थाको कर्पोरेट कार्यालय, बनेपाबाट आएका नायब प्रमुख कार्यकारी अधिकृत  मेष बहादुर बस्नेत र सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा उप–प्रदेश कार्यालय रामापुरका अनुगमन अधिकृत विवेश विश्वकर्मा, गोरकट्टा उप–प्रदेशका अनुगमन अधिकृत राजु कुमार दास बनिया, तथा बथरी उप–प्रदेशका अनुगमन अधिकृत आन्दमणी त्रिपाठी लगायतको उल्लेखनीय उपस्थिति रहेको...

Read More

राज्यका निकायमा रहेका सबैको सम्पति छानविन गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यका विभिन्न निकायमा रहेका सबैको सम्पति छानविन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले अहिले भ्रष्टाचार गर्ने र नगर्नेलाई एउटै डालोमा राखेर तुलना हुने गरेको भन्दै नेतादेखि कर्मचारीसम्म सवैको सम्पति छानविन गर्नुपर्ने बताएका हुन् । छानविन गर्दा स्रोत नखुलेको भेटिए जफत गर्नुपर्ने उनले जनाए । गुरुङले दलीय स्वार्थका आधारमा एक नेताले अर्काप्रति गर्ने टिप्पणीले नेताहरु सवै जाली हुन् भन्ने भाष्य जनतामा परेको जिकिर गरे । उहाले सर्वदलीय समिति गठन गरेर संविधान संशोधनको कामलाई अघि बढाउन प्रस्ताव समेत गरे । समानुपातिक प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचन सुनिश्चित...

Read More

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको भव्य शुभारम्भ

धनगढी, सुदूरपश्चिम — नेपालमा गुणस्तर, नवप्रवर्तन र विश्वासको पर्याय बनिसकेको पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को औपचारिक शुभारम्भ धनगढीमा सम्पन्न गरेको छ। यो नयाँ ब्रान्डले नेपाली बाथवेयर बजारमा लामो समयदेखि देखिँदै आएको समस्यालाई सम्बोधन गर्ने उद्देश्य राखेको छ, जहाँ एकतर्फ अत्यधिक महँगा प्रिमियम उत्पादनहरू छन् भने अर्कोतर्फ सस्ता तर गुणस्तरहीन विकल्पहरूमात्र उपलब्ध छन्। पञ्चकन्या बाथवेयरले आधुनिक डिजाइनमा आधारित ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गरेको छ, जसले विलासिता, पहुँचयोग्यता र दीर्घकालीन भरपर्दोपनको उत्कृष्ट संयोजन प्रदान गर्दछ। नविनतम प्रविधि र दिगोपनमा केन्द्रित यो नयाँ उत्पादनले नेपाली घरपरिवार र व्यवसायिक स्थलहरूको दैनिक अनुभवमा गुणात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको...

Read More

विश्व कीर्तिमान कायम गर्दै ‘लन्डन म्याराथन–२०२५’

लन्डन (बेलायत)– हालसम्मकै धेरै सहभागीले दौड पूरा गरेर विश्व कीर्तिमान कायम गरेको लन्डन म्याराथनले आगामी वर्ष सन् २०२६ को दौडका लागि अर्को विश्व कीर्तिमानी कायम गरेको छ । यस वर्ष निर्धारित ४२ किमी दूरी हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६४० जनाले पूरा गरेर नयाँ कीर्तिमान बनेको केही दिन नबित्दै आगामी वर्षको लन्डन म्याराथनमा सहभागिता जनाउन चाहनेहरुको सङ्ख्याले नयाँ कीर्तिमानी कायम गरेको आयोजक लन्डन म्याराथन इभेन्ट्सका प्रमुख कार्यकारी ह्यू ब्राशरले बताए । आगामी वर्षका लागि गत शुक्रबार आवेदन दिन सकिने अन्तिम दिन ११ लाख ३३ हजार ८१३ जनाले नाम दर्ता गराएका छन् । हालै सम्पन्न म्याराथनमा विश्वभरबाट आठ लाख ४०...

Read More

आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गिरफतार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे । सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका–१४ सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए । यस्तै सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे । सांसद पूर्णबहादुर घर्ती मगरले...

Read More