१२ जना राजदूतको मात्र सुनुवाई हुने, लामाको फिर्ता स्पेनका लागि स्थगित
काठमाडौँ, फागुन २० । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतका लागि सिफारिस भई संसदीय सुनुवाइका लागि आएका व्यक्तिको नाममा १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । उक्त मितिभित्र उनीहरुविरुद्ध उजुरी गर्न चाहने व्यक्तिले उचित कारण र व्यहोराको सूचना व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ समितिमा लिखितरुपमा पठाउनुपर्नेछ । सरकारले यही फागुन ९ गते विभिन्न १२ मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गरी उनीहरुको नाम संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । समितिको आजको बैठकले प्रस्तावित राजदूतको नाममा १० दिने संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समितिका सचिव ध्रुव घिमिरेले बताए। सरकारले लक्की...
Read More