Author: Himalaya Post

स्थानीय निर्वाचन विथोल्ने विप्लवको घोषणा

काठमाडौँ, फागुन १९ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले स्थानीय तहको निर्वाचन  विथोल्ने घोषणा गरेको छ । पार्टीको हालै रोल्पामा सम्पन्न आठौं महाधिवेशनपछि पहिलो पटक राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनाव विथोल्ने चेतावनी दिए । सरकारले स्थानीय तहको चुनावको मिति आगामी बैशाख ३१ गतेको लागि तोकेको सन्दर्भमा सो पार्टीले यस्तो घोषणा गरेको हो । उनले भने, ‘हामी चुनाव हुन दिँदैनौं, जसले सामना गर्छु भनेको छ उविरुद्ध हामी लड्न तयार छौं । जुन सुकै मूल्य चुनाएर पनि क्रान्ति गछौं ।’ पत्रकारसम्मेलनमा आक्रामक रुपमा प्रस्तुत भएका उनले थपे, ‘जनतालाई दवाउँछु भन्नेहरु कि त सकिएका छन् कि त...

Read More

राप्रपामा चुनाव चिन्ह सम्बन्धी विवाद बढ्यो

काठमाडौँ, फागुन १९ । सत्तारुढ दल राप्रपाको जारी केन्द्रिय समितिको बैठकमा पार्टीको चुनाव चिन्ह हलो राख्ने कि गाई राख्ने भन्नेबारेमा विवाद देखिएको छ। राप्रापाको बिहीबार जारी केन्द्रीय समिति बैठकमा पनि चुनाव चिन्हलाई लिएर मतभेद देखिएको छ। बैठकमा राप्रपा नेताहरु लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा लगायतका नेताहरुले चुनाव चिन्ह हलो नै राख्नुपर्ने अडान लिएका छन्। तर पार्टीभित्र ९९ प्रतिशतले पार्टीको चिन्ह गाई नै राख्नुपर्ने माँग रहेको प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ। आगामी ०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तय भैसकेको छ। निर्वाचन घोषणा भईसकेको अवस्थामा अब चुनाव चिन्हको टुंगो...

Read More

डिन्का र निउरबीचको जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

काठमाडौँ, फागुन १९। दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण त्यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन् । डिन्का र निउर जातिभित्र पनि विभिन्न उपजातिको समूह छ तर ती उपसमूहबीचमा समेत कहालीलाग्दो द्वन्द्व छ । सामान्यत खाइलाग्दा एवम् सुकिला, मानिस हेर्न सुडानको राजधानी जुबा आउनुपर्छ । “बलियाले निर्दोलाई हेप्ने र निर्दो व्यक्तिलाई थिचोमिचो गर्ने परिपाटी यहाँ पाइन्छ । मानवीयता, प्रजातन्त्र र मानवअधिकारको रक्षा भएको अनुभूति यहाँ पाइँदैन ।” नाइजेरियाका शैन्य समन्वय अधिकृत (कर्णेल) इशा मैनाले भन्नुभयो । झन्डै ६० जातिबीच कहालीलाग्दो द्वन्द्वमा अर्का जाति सिलुक र एजेन्डे आफ्नो अस्तित्व जोगाउन सकी नसकी युद्धको मोर्चामा...

Read More

स्ववियु निर्वाचनमा हारेपछि नेविसंघकी नेतृद्वारा आत्महत्या

काठमाडौँ, फागुन १९ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पराजित भएपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् । फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । बुधबार भएको स्ववियु चुनावमा उनी अध्यक्षकी उम्मेदवार थिइन् । तर, पराजित भइन् । उनले फेदीखोला(९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । टिनले छाएको घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी इन्स्पेक्टर सुनिल प्रधानका अनुसार उनको सुसाइड नोट पनि भेटिएको छ । र, त्यसमा आफ्नो मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेकी छन्...

Read More

मिश्रको पार्टीको नाम ‘साझा पार्टी’ र चुनाव चिन्ह ‘तराजु’

काठमाडौं, फागुन १८। हिजो मात्रै बीबीसीबाट राजीनामा दिएर राजनीतिमा होमिएका रविन्द्र मिश्रले पार्टीको नाम जुराएका छन् । उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ भने चुनाव चिन्ह तराजु प्रस्ताव गरिएको छ । उनले पार्टीको नाम तथा चुनाव चिन्ह सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । मिश्रको अगुवाईमा पार्टी गठनमा सक्रिय एक नेताले भने, ‘अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेका हौँ ।’ आयोगमा पार्टी दर्ताको आवेदन दिन द हिमालयन टाइम्‌का पूर्व सम्पादक अजयभद्र खनाल, कृषिविज्ञ डा.उमेद पुन,पूर्व सचिव किशोर थापा, निर्वाचन आयोगका पूर्वसचिव, संयोजक रवीन्द्र मिश्र, अधिवक्ता ओमप्रकाश...

Read More