प्रधानमन्त्रीसँग भियतनामका विदेशीमन्त्रीको भेट
काठमाडौँ, फागुन २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग उनले आज बिहान भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए। प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको प्रसङ्ग उल्लेख गरेकोउनका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले नेपालको सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताएक थिए ।...
Read More