Author: Himalaya Post

तीनै तहको चुनाव गर्न ओलीको आग्रह

फागुन २० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताएका छन् । “वैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ”, सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको आज ज्यामिरगढीमा उद्घाटन गर्दै उनले भने – “यसपछि प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनुपर्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने विचार व्यक्त गरे। झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता हो र...

Read More

प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियागिताको पहिलो खेलमा मध्यमाञ्चल ७६ रनले विजयी

फागुन, २० । सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा आजदेखि प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुभारम्भ गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले नेपालमा खेल क्षेत्रले जति विकास र उन्नति गर्नुपथ्र्यो त्यसो नहुनुमा नेपालको अस्थिर राजनीति नै मूल बाधक बनिरहेको बताए । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलको व्यवस्थापन भने स्थानीय इटहरी क्रिकेट एकेडेमीले गरेको छ । उद्घाटित खेलअन्तर्गत आज भएको २० ओभरको पहिलो खेलमा पहिले ब्याटिङ गर्दै पूर्वाञ्चल टिमले मध्यमाञ्चललाइ १२४ रनको लक्ष्य दिएको थियो । पूर्वाञ्चल टिमले...

Read More

गृहमन्त्री निधि र आलीबिच भेटवार्ता

काठमाडौँ, फागुन २० । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् । बिहीबार राति अबेर एमाले अध्यक्ष केपी ओलीसँग उनको बालकोटस्थित निबासमा भएको भेटमा गृहमन्त्री निधिले सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको बताए। ‘मेची–महाकाली अभियानबारे तपार्इंले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्’ भेटमा एमाले अध्यक्ष ओलीले भने, ‘तर मलाई तपाईंले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने विश्वास लाग्दैन।’ एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधिले एमाले कार्यकर्तालाई मेची–महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो। लहानमा नेपाल महिला...

Read More

भारतीय वित्तमन्त्री स्वदेश प्रस्थान, विकास निमार्णमा सघाउने प्रतिबद्धता

काठमाडौँ, फागुन २० । नेपालको सामाजिक–आार्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै भारतका वित्तमन्त्री अरुण जेट्ली नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको निमन्त्रणामा नेपाल लगानी सम्मेलनमा प्रमुख वक्ताका रुपमा सहभागी हुन मन्त्री जेट्ली बिहीबार अपराह्न राजधानी आएका थिए । । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका उनले उपप्रधानमन्त्री महरा र मन्त्री जोशीसँग द्विपक्षीय चासो र आपसी हितका विविध विषयमा विचारविमर्श गरेका थिए । उनले राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा वरिष्ठ मन्त्रीहरूसँगको भेटवार्तामा नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त...

Read More

अन्तत: म्यानपावर व्यावसायी शर्मिलाको नाम फिर्ता भएन, १२ राजदूतको सुनुवाई सुरु

काठमाडौं फागुन २०। चर्को आलोचनाका बावजुद ओमानका लागि प्रस्तावित नेपाली राजदूत शर्मिला पराजुली ढकालको नाम फिर्ता भएन । तर, यूएईका लागि प्रस्तावित राजदूत आशा लामाको नाम भने फिर्ता भएको छ । सरकारले १२ राजदूतको नाम पठाएपछि संसदीय सुनुवाई विशेष समितिले प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर प्रस्तावित नामविरुद्ध उजुरी आहृवान गर्ने निर्णय गरेको छ । सरकारले आशा र स्पेनका लागि प्रस्तावित राजदूत भरत रायमाझीको नाम पठाएको छैन । स्पेनमा दूतावास स्थापनाका लागि त्यहाँको सरकारले स्वीकृति दिएपछि उनको सुनुवाई प्रक्रिया अघि बढ्नेछ । आशा लामाको नाम भने फिर्ता लिइएको छ...

Read More