फागुन २० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताएका छन् ।


ADVERTISEMENT


“वैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ”, सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको आज ज्यामिरगढीमा उद्घाटन गर्दै उनले भने – “यसपछि प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनुपर्छ ।”


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने विचार व्यक्त गरे।

झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता हो र यसको नेतृत्व एमालेले गर्ने आलीको दावी रहेको थियो ।

विसं २०२९ मा सुखानीमा सहिद भएका वीरेन राजवंशीको स्मृतिमा ज्यामिरगढी–३ मा अर्धकदको सालिकसहित रु ४९ लाखको लागतमा उक्त दुईतले सामुदायिक भवन निर्माण गरिएको हो ।