Author: Himalaya Post

अब उपत्यकामा २० वर्ष पुराना गाडी चलाउन नपाइने

वातावरण प्रदुषण र सडक दुघर्टनाका प्रमुख कारक पुराना गाडी भएको भन्दै यातायात व्यवस्था विभागले यही फागुन १७ गतेबाट २० वर्ष पुराना सवारीसाधनलाई चलाउन रोक लगाउने भएको छ । यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडीको नविकरण, दर्ता र कर लिने सबै प्रक्रिया रोकिसकेकाले फागुन १७ बाट त्यस्ता गाडीलाई सडकमा गुड्न नदिने विषयलाई कडा रुपमा कार्यान्वयन गर्ने जनाएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले फागुन १७ पछि काठमाडौं उपत्यकामा २० वर्ष पुराना गाडी सडकमा नहुने दावी गरे। उपत्यकामा २० वर्ष पुराना सवारी साधनको संख्या करिब दुई हजार पाँच सय रहेको र कतिपय कटौती पनि भइसकेको पाण्डेले बताए। ‘यदी...

Read More

गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

रोल्पा, २ फागुन । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक विकृति फैलने हो कि भन्ने डर रहेको थापाले बताउनुभयो । विद्यालय अध्ययन गर्ने उमेरका १८ जना किशोरीले यो सेवा लिएको अभिलेखमा देखिन्छ थापाले भन्नुभयो । किशोरीले नै गर्भपतन गराउँदा सामाजिक विकृति बढ्न सक्ने...

Read More

यो हो भ्यालेन्टाईनमा मायाका ब्यापारहरु ! !

काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलमा ‘विग सेल डिस्काउन्ट विन्टर सेल’ योजना सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशतसम्म छुट पाउने कम्पनी जनाएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै मलले प्रणय दिवस अर्थात भ्यालेनटाइनको सन्दर्भ पारेर ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना संचालनमा ल्याएको जानकारी दिएको छ । यो योजना फ्रेबरी १० देखी २७ सम्म संचालनमा आउनेछ । जसमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए । योजना अवधिभर ग्राहकहरुले भ्यालेनटाइन डेकोरको साथमा सपिङको...

Read More

‘मधेसी मोर्चालाई नल्याए चुनाव असम्भव’ : गृहमन्त्री निधी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्‍याएपछि मात्रै निर्वाचनमा जाने बताएका छन् । कांग्रेस नेतासमेत रहेका निधिले मधेसी मोर्चालाई सहमतिमा नल्याई निर्वाचन गराउन नसकिने पनि बताए । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि विपक्ष र असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन सरकार प्रयासरत रहेको जानकारी दिए । ‘सरकार निर्वाचनका लागि वातावरण बनाउन लागिपरेको छ,’ उनले भने । कानूनी राज्यको प्रत्याभूति जनतालाई दिलाउन सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री निधिले शान्ति सुरक्षा र अपराध नियन्त्रणको क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको दावी गरे...

Read More

बिमानस्थलबाट भित्रिने सुन तस्करी छानबिन गर्न संसदीय समितीको टोली, ‘ठूलो गिरोहको आशँका’

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र अध्ययन गर्न ७ सदस्यीय संसदीय टोलीको गठन गरिएको छ । संसदको सुशासन तथा अनुगमन समितिले शुक्रबार सांसदहरू जनकराज जोशी, कृपाशुर शेर्पा, जितु गौतम, सरिता यादव, मिलन राजवंशी, नागेन्द्र कुमाल र अम्बिका राजवंशी सम्मिलित टोली गठन गरेको हो । उक्त टोलीले विमानस्थलको व्यवस्थापकीय, सुरक्षा र अध्यागमन लगायत विभिन्न पक्षहरूको बारेमा अध्ययन गरेर १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्ने छ । ‘विमानस्थलको सम्पूर्ण पक्ष अध्ययन गरेर १५ दिन भित्रमा अध्ययन प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिइएको छ,’ समितिका सभापति मोहनसिंह राठौरले भने, ‘उपसमितिको संयोजक भने उनीहरूले नै छान्ने छन् ।’ पुस २३...

Read More