‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन
काठमाडौँ,फागुन १५ । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरिएको छ । समितिकी पूर्वकार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राखेकी हुन् । करीब एक वर्ष समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी ताम्राकारले कच्चा माटो र खेर गएको कपडाको प्रयोग गरेर फूलदानी निर्माण गरेकी हुन् । अठ्ठाइसौँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा बुद्ध ह्यान्डीक्राफ्टको नामबाट स्टलमा आफ्ना उत्पादित वस्तु प्रदर्शनीमा राखेकी उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताअनुसार घरेलु उद्योग विभागमा आफ्नो कार्यकारी निर्देशक पद सकिएलगत्तै उद्योग दर्ता...
Read More