Author: Himalaya Post

सर्वेन्द्र खनाल अब नेपाल प्रहरीका प्रवक्ता

काठमाडौँ, फागुन ३ । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौँको प्रमुख रहेका खनाल दुई हप्ताअघिमात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका थिए। यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उनको ठाउँमा खनाल आएका हुन्...

Read More

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय कृषि मेला हुँदै

  काठमाडौँ, फागुन ३ । आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बृहत् अन्तर्राष्ट्रिय कृषि मेला हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजरायल, बङ्गलादेश, जर्मनी, बेल्जियम, नेदरल्यान्डसहित १६ देशका २०० प्रदर्शनकर्ताले विभिन्न कक्ष समावेश गर्ने छन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउने उद्देश्यले सो मेला आयोजना गर्न लागेको जानकारी दिए । नेपालमा झन्डै रु एक अर्बभन्दा बढीको कृषि औजार आयात हुने गरेको छ । विशेषगरी धान, गहुँ, मकै, कोदोसम्बन्धी बाली लगाउने र भित्र्याउने प्रयोजनमा प्रयोग हुने कृषि...

Read More

समृद्धिका लागि महिला सहभागिता आवश्यक– उपराष्ट्रपति पुन

काठमाडौँ, ३ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता बिना कुनै पनि राष्ट्रको समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन् । महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै उनले व्यापार व्यवसायमा महिलालाई अघि बढ्न धेरै चुनौती रहेको बताउँदै महिला उद्यमीका सवाल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् । नेपालको संविधानले महिला हकअधिकारका लागि धेरै प्रावधानको व्यवस्था गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन गर्नु अपरिहार्य रहेकोमा जोड दिए । कार्यक्रममा महासङ्घका अध्यक्ष भवानी राणाले महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवद्र्धनका लागि प्रदर्शनी लाभदायक हुने बताउँदै...

Read More

रारा क्याम्पसमा स्ववियु चुनाव स्थगित

फागुन ३ । मुगु जिल्ला सदरमुकाम गमगढीमा रहेको रारा बहुमुखी क्याम्पसले सोमबार साँझ विज्ञप्ति निकाल्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित गरेको बताएको छ । विद्यार्थी सङ्गठनले आफै सहमति गरेर पुनः सहमति तोड्दै गएको र क्याम्पसमा तनाव सिर्जना हुने अवस्था आएकाले चुनाव स्थगित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेपछि गत माघ २१ गते रारा क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका प्रतिनिधिको बैठक बसी माघ २८ बेलुका ५ बजेसम्म विद्यार्थी भर्ना गर्ने समय सीमा तोकेर निर्णय गरेका थिए । तर माघ ८ सम्म नेपाल विद्यार्थी सङ्घले आफना...

Read More

चौध करोडको सुन्तला बिक्रीे

फागुन ३ । कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीका अनुसार गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको भएका थियो । विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको खत्रीको भनाइ छ । यस वर्ष जिल्लामा ७८० हेक्टरमा सुन्तला लगाइएको छ । जिल्लाका कृस्तीनाच्नेचौर, खाल्टे, थुम्की, भरतपोखरी, निर्मलपोखरी र सल्यान सुन्तला उत्पादनका पकेट क्षेत्र मानिन्छन्...

Read More