बाजुरा– बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको छ ।


ADVERTISEMENT


नगरपालिका–२ का स्थानीयवासीले रु १२ लाख चन्दा सङ्कलन गरी सडक निर्माण गरेका हुन् । बुढालेखदेखि जाल्पादेवी उमाविसम्मको दुई किलोमिटर सडक निर्माण गरिएको स्थानीय नरबहादुर विकले बताए ।


ADVERTISEMENT

# # #


बडिमालिका नगरपालिका–२ का स्थानीयले मार्तडी थामलेख सडक निर्माण सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाइएको वडा नागरिक मञ्चका अध्यक्ष सरिता दानीले बताइन् ।साथै जिल्ला प्रशासन कार्यालय बाजुराको मार्तडी थामलेख सडक निर्माण कार्य सञ्चालन गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका थिए ।

तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत जिल्ला आयोजना(ड्रिलिप) बाजुराले वडा नम्बर २ सडक निर्माण अधुरै छोडेर स्थानीयलाई सडकको पहुँचबाट टाढा राखेको भन्दै सडक निर्माण गर्न निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्लाका सरोकारवाला निकायले सडक निर्माणका लागि बजेटको व्यवस्था नगरी दिएपछि चन्दा सङ्कलन गरी दुई किलोमिटर सडक निर्माण गरिएको पत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले जनसहभागितामा सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै सडक निर्माण सुचारु गर्न जिल्ला समन्वय समिति र सडक डिभिजन कार्यालयमा पत्र पठाउने बताए।