काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चैत १३ गते भेटवार्ता हुने निश्चित भएको छ। बालुवाटर स्रोतका अनुसार बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल चैत १० गते चीन जाने टुंगो भएको हो।


ADVERTISEMENT


यसअघि उनले चिनियाँ राष्ट्रपतिसँग भेट नहुने भए आफू चीन नजाने मनसाय प्रकट गरेका थिए। चिनियाँ पक्षले शनिबार साँझ परराष्ट्र मन्त्रालयलाई मार्च २६ मा बेइजिङमा दाहाल र चिनफिङबीच भेट हुने बताएपछि प्रधानमन्त्री बोआओ जान लागेका हुन्।


ADVERTISEMENT

# # #


चिनीया पक्षले ‘वान वेल्ड वान रोड’ नीति अन्तर्गत नेपालले आफ्नो पक्षमा सहमति गरेमात्र भेट्ने चाहाना राखेको थियो । यो नेपालले स्वीकार गरेपछि चिनिया राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्रीबीच भेट हुने पक्का भएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री दाहालले मार्च २५ मा बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् भने अर्को दिन बिहान बेइजिङमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता हुनेछ। स्रोतका अनुसार हिजोसम्म दाहाल र चिनफिङको भेटवार्ता टुंगो थिएन। दुई नेताबीचको भेटवार्ताको समय तालिका मिलाउन परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले धेरै कोशिश गरेका थिए।

नेपाली पक्षले प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउन पनि अनुरोध गरेको थियो। तर चिनियाँ पक्षले समय अभावका कारण भ्रमण राजकीय बनाउन नसकिने बताएपछि प्रधानमन्त्री दाहालको भ्रमण अौपचारिक हुने भएको छ। परराष्ट्र स्रोतका अनुसार भ्रमणका क्रममा दुई देशबीच हुने सम्झौताका विषयमा भने अझैं टुंगो भइसकेको छैन।