काठमाडौँ– संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


आफ्नो नाम सिफारिसपछि कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले अख्तियारको कामकारबाहीलाई सन्तुलितका साथै प्रभावकारी बनाउने प्रतिक्रिया दिए । ‘म अख्तियारमा परिचित नै छु, मेरो पदावधि पनि लामो समयको हैन’बस्न्यातले भने, ‘योजना बनाउने र होहल्ला गर्ने भन्दा पनि काम गरेरै देखाउनुपर्ने अवस्था आएको छ ।’ उनले अख्तियारको गिरेको साख उचो बनाउन प्रयत्न गर्ने र त्यसक्रममा सामूहिक कार्यप्रणाली अपनाउने प्रतिबद्धता जनाए ।


ADVERTISEMENT

# # #