काठमाडौँ– स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ४४ हजार मतदाता रहने भएका छन् ।
निर्वाचन आयोगले मतदाताको नामावली बेलुकासम्म टुंगो लगाउने तयारी गरेको छ । आयोग उच्च स्रोतका अनुसार मतदाताको संख्या १ करोड ४० लाख ४४ हजार रहेको छ ।


ADVERTISEMENT


फागुन ९ गते निर्वाचनको मिति घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र १८ वर्ष पूरा भएका नागरिकको अन्तिम नामावली भएको आयोग स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


मतदाताको अन्तिम सूची प्रकाशन भएसँगै आयोगले मतदाता परिचय पत्र प्रकाशनको काम समेत थाल्दै छ । आयोग परिसरमा रहेको राखिएका मेसिनबाट आयोगले सुरक्षा कोडसहितको मतदाता परिचयपत्र प्रकाशन गर्दैछ ।