Author: Himalaya Post

स्थानीय तहको निर्वाचन अघि नै संविधान संशोधन पारित गर्न काँग्रेसीभित्र दबाब

काठमाडौँ– नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुको आज बिहान सिंहदरबारमा बसेको बैठकले यही चैत १० गते बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा बोल्ने अधिकांश वक्ताहरुले काँग्रेस मुलुकको जिम्मेवार पार्टी भएको र मुलुकको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिएको बैठकमा सहभागी सांसद रामकृष्ण यादवले जानकारी दिए । “बैठकले तराई मधेसको समस्या समाधानमा पार्टीले अग्रसरता लिनुपर्छ भन्ने निष्कर्ष निकालेको छ”, नेता यादवले भने – “अधिकांशले...

Read More

निर्वाचन नजिकिएसंगै वैध/अवैध हतियारको खोजी तिव्र

चितवन– स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा स्थानीय प्रशासनले वैध र अवैध हातहतियारको खोजी कार्यलाई तीव्रता दिएको छ । जिल्लामा अहिले २०४ जनाले व्यक्तिगत सुरक्षाका लागि अनुमतिपत्र लिएर हतियार राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार ती २०४ हतियारमध्ये ११५ जनाले नवीकरण गरेका छन् भने ८९ जनाले नवीकरण गरेका छैनन् । व्यक्तिगत सुरक्षा र विभिन्न प्रयोजनका लागि गृहमन्त्रालयमार्फत अनुमति लिएर हतियार राख्ने गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । अनुमति लिई राखिएका हतियारमध्ये बाह्र बोरको एक नाले र दुई नाले बन्दुक ११७ थान, २२ बोरको एक नाले र दुई नाले बन्दुक ६१ थान, टु टु राइफल...

Read More

गाउँपालिकामा कार्यकारी अधिकृतहरु तोकिए, तपाईंको गाउँपालिकाको कार्यकारी अधिकृत को ? थाहा पाउनुहास् (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नव गठित गाउँपालिकामा कार्यकारी अधिकृतहरु खटाएको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले देशैभरका गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले बिहीबार देशैभरका गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकेको छ भने मन्त्रालयले विलम्ब नगरी कार्यक्षेत्रमा हाजिर हुन निर्देशन पनि दिएको छ। ७ सय ४४ स्थानीय निकायमध्ये ४ सय ८१ वटा गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । सूचि हेर्नका लागि तलको फाइलमा क्लिक गर्नुहोस् ।  Local...

Read More

चेपाङ समुदायलाई चुनाव भन्दा ‘खाना कै चिन्ता’बढी

चितवन– चितवनको विकट गाउँका चेपाङलाई अहिले खाने अन्नकै समस्या छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला हो । तर राम्ररी पानी नपरेकाले उनीहरुले मकै लगाउन पाएका छैनन् । लगाएको मकै कोदो सबै खाएर सकिइसक्यो । अहिले मेलापात गरेर उनीहरुले जीविका चलाउँदै आएका छन् । साविक सिद्धि गाविसकी ताराकुमारी चेपाङ साहुबाट दुई, चारपाथी अन्न सापटीमा लिएर खाइरहेकी छिन् । चितवनका सहरबजारमा चुनावी सरगर्मी बढिरहेका बेला यो चेपाङ गाउँमा भने खाना कै चिन्ता छ । स्थानीयवासी लरिमायाँ चेपाङका ६ सन्तानमध्ये चार छोरी छिन् । उनको घरमा अहिले ५,६ डोको मकै छ । मकै उब्जन समय लाग्छ । बारीको पाटो...

Read More

तेह्रथुममा सात वर्षदेखि एक्स–रे प्रयोगविहीन

तेह्रथुम– तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ । केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर विद्युत्का लागि जेनेरेटर खरिद गरेका छन् । तर दक्ष प्राविधिक अभाव हुँदा तालिमका भरमा अन्य स्वास्थ्यकर्मीले मेसिन चलाउन प्रयास गरे पनि सञ्चालनमा आउन सकेको छैन । बरु प्रयोगमा नआई मेसिन बिग्रिएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । २०६५ सालमा परिवार स्वास्थ्य महाशाखाले केन्द्रलाई निःशुल्क एक्स–रे मेसिन उपलब्ध गराएको थियो । केन्द्रमा एक्स–रे मेसिन भएर पनि सञ्चालनमा नआउँदा यहाँका करिब एक दर्जन गाउँवासी सामान्य एक्स–रे...

Read More