Author: Himalaya Post

आर्थिक समृद्धिको आधार पर्यटन : उपराष्ट्रपति पुन

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताएका छन् । शिखरपोस्ट मिडियाको तेस्रो वार्षिकोत्सव समारोहमा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । विकासका लागि सरकारको मात्र बाटो हेर्न नुहुने भन्दै उनले निजी क्षेत्रले पनि पर्यटन क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने बताए । राज्यले ध्यान पुर्याउन नसक्दा पनि विकासले गति लिन नसकेको स्वीकार्दै उपराष्ट्रपति पुनले अबको दश वर्षमा मुलुकको मुहार फेर्न सकिने विश्वास व्यक्त गरे । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले नेपालको सबै स्थान पर्यटन प्रवद्र्धनको...

Read More

प्रहरी आइजिपी अर्यालको नियुक्तिविरुद्ध सिलवालको रिटमा अन्तरिम आदेश नहुने

काठमाडौँ– सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न अन्तरिम आदेश जारी नहुने बताएको छ। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषदको सोमबार साँझको निर्णय बदर गर्न माग गर्दै डिआइजी नवराज सिलवालले मंगलबार सर्वोच्च अदालतलमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले सिलवालले मागेअनुसारको अन्तरिम आदेश दिन नमिल्ने भनेको सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख छ। साथै सर्वोच्चले अर्याललाई महानिरिक्षक पदमा नियुक्ति गर्नुको कारण पनि माग गरेको छ। आइजिपीका दाबेदार चार डिआइजीमध्ये वरिष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा आफू सबभन्दा माथि रहेको दाबी गर्दै सरकारको निर्णयविरुद्ध रिट...

Read More

नेपाली सेना उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित : प्रधानमन्त्री दाहाल

भक्तपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन् । भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित सि.सं ५५ अधिकृत क्याडेट तालिम र सि.सं ४५ पदिक/हुँद्दा क्याडेट तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा प्रधानमन्त्रीले राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी उदाहरणीय रुपमा प्रस्तुत गर्न सक्षम हुनुपर्नेमा जोड दिए । उनले भने, “राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनुकरणीय योगदान दिँदै सेनाले नेपाल र नेपालीको पहिचान र साहसलाई विश्वसामु परिचित गराउन कुनै कसर बाँकी राखेको छैन ।” आफ्नो पेसासँग मात्र आबद्ध नभई नेपाली जनता र मुलुकप्रति सदासर्वदा समर्पित र प्रतिबद्ध रहँदै राष्ट्रिय विपत्ति र सङ्कटका घडीमा समेत अग्रस्थानमा रही इमान्दार र पेसेवर ढङ्गबाट उत्कृष्टता प्रदर्शन गर्न नेपाली सेना सक्षम रहेको उनले उल्लेख गरे । नेपाली सेनाको व्यावसायिक उत्कृष्टताको सञ्चार अब विदेशी सेनाको माझसमेत अनुकरणीय बनेको कुरा नेपालको शिक्षण संस्थानमा हालैका दिनमा भएका विदेशी शिक्षार्थी आदान–प्रदानबाट प्रस्ट भएको प्रधानमन्त्रीले बताए । उनले भने, “सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयङ्गम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतका रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रही बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैव अडिग रही समर्पित रहनेछ ।” कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतको सहभागिता रहेको थियो । उत्कृष्टलाई सम्मान दुई वर्षे सो तालिममा उत्कृष्ट भएकालाई प्रधानमन्त्रीले...

Read More

स्थानीय चुनाव बहिष्कार गरेर आन्दोलमा जाने मोर्चाको निर्णय

काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गरेर आन्दोलनमा जाने निर्णय गरेको छ । सरकारले हिजो संसद्मा दर्ता गरेको नयाँ संशोधन विध्येयक सम्बन्धी औपचारिक धारण बनाउन बबरमहलस्थित तमलोपाको कार्यालयमा बुधबार बसेको बैठकले नयाँ संविधान संशोधन विधेयकले आफूहरुको माग पुरा नहुने निष्कर्ष निकालेको हो । सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयक स्वीकार्य नहुने भन्दै मोर्चाले आन्दोलन पनि घोषणा गरेको छ । साथै मोर्चाले निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । संशोधनबिना हाम्रो माग सम्बोधन नहुने भएकाले स्थानीय तहको चुनावमा भाग नलिने निर्णय भएको छ’ रामसपाका महासचिव केशव झाले बताए । संशोधनको नयाँ प्रस्तावको विरोधमा मधेसी मोर्चाले मंगलबार संसद...

Read More

हिमाल आरोही शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा चढेका आङरिता शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । मन्त्री गिरी टाउको, कलेजोमा समस्या देखिएपछि एक हप्तादेखि न्युरो अस्पतालमा उपचार गराइरहेका शेर्पालाई आज अस्पतालमा भेट गरी जानकारी लिएका हुन् । स्वास्थ्यस्थितिबारे जानकारी लिँदै उनले स्वास्थ्य उपचारका लागि राज्यले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।मन्त्री गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर मुलुकको इज्जतलाई उचाइमा पुर्याएको भन्दै शेर्पाको उपचारका लागि मन्त्रिपरिषद्मा समेत कुरा लैजाने स्पष्ट पारे । सो भेटमा मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी तथा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीको पनि उपस्थिति रहेको थियो । सोलुखुम्बुमा जन्मेका...

Read More