Author: Himalaya Post

सर्वोच्चमा प्रहरी डीआइजी सिलवालको मुद्दाको सुनुवाइ फेरी सर्यो

काठमाडौँ– सर्वोच्च अदालतको आजको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ । सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचिमा उल्लेख भएपनि न्यायाधीश श्रेष्ठ प्रहरी नायब महानिरीक्षक सिलवाल बीच नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सिलवालले मन्त्रिपरिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग...

Read More

भरतपुर अपडेट : मोओवादीकी रेणु दाहाललाई झण्डै १८ सय मतले पछि पार्दै एमालेका देवी ज्ञवाली अग्र स्थानमा

चितवान – चितवनको भरतपुर महानगरपालिकाको नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहाललाई १ हजार ७८९ मतले पछि पार्दै नेकपा एमालेका देवी ज्ञवालीले अग्र स्थान कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ९ हजार ११२ मत ल्याएर अग्र स्थानमा रहेका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालले ७ हजार ४३३ मत ल्याएर उनलाई पच्छ्याइ रहेकी छन् । तेस्रो स्थानमा राप्रपाका बद्री तिमिल्सिनाले ६११ मत ल्याएका छन् । भरतपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । तर तालमेल अनुसार भोट नहाल्दा रेणु पछि परेको अनुमान गरिएको छ । त्यस्तै उप मेयरमा नेपाली...

Read More

काठमाडौँ महानगर अपडेट : एमालेको अग्रता कायमै, कांग्रेसलाई पच्छ्याउदै रञ्जु

काठमाडौँ– काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा विवेकशिल नेपाली छन् । एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ५ हजार ४५८ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको ३ हजार २३५ मत छ । विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत २ हजार २०१ र साझा पार्टीका किशोर थापाको १ हजार ४९८ मत पाएका छन् । पाँचौं स्थानमा संघर्षरत माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ । त्यस्तै उपमेयरमा सुरुवाती अग्रता कायम गरेकी नेपाली कांग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले ३ हजार ११५ मत ल्याएर अग्र स्थानमा छिन् । उनलाई पच्छ्याइरहेका...

Read More

निर्वाचन अपडेट : ललितपुर महानगरमा कांग्रेसको अग्रता

काठमाडौँ– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मत गणना अनुसार महर्जनले १०३०० मत पाएका छन्। यस्तै एमाले र राप्रपा गठबन्धनका संयुक्त उम्मेद्वार हरिकृष्ण व्यञ्जनकार ९८८० मतसहित कांग्रेसलाई पछ्याइरहेका छन्। यस्तै साझा पार्टीका उम्मेद्वार रमेश महर्जनले ४२८१ मत पाउँदा माओवादी केन्द्रका दीपेश महर्जनले १३५२ मत पाएका छन्। उपमेयरमा पनि नेपाली कांग्रेसकै गीता सत्यालले ६ हजार १६२ मत ल्याएर अग्र स्थान कायम गरेकी छन् । दोस्रोमा भने साझ पार्टीकी शोभा शाक्य ३ हजार ८८२ मत ल्याएर गीता लाई पच्छ्याइरहेकी छन् । नेकपा एमाले र राप्रपाबीच तालमल भएपनि उपमेयरका लागि राप्रपाका बाबुकाजी थापा २१११...

Read More

एमाले अध्यक्ष ओलीले भोट हालेको वडामा काँग्रेस विजयी

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिका वडा नं २ मा १७ मतको अन्तरले वडाध्यक्षसहितको प्यानल नेपाली काँग्रेसले जित हासिल गरेको छ । वडा नं २ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी हुभएका हुन् । आचार्यले एक हजार ३८५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबि श्रेष्ठले एक हजार ३६८ मत ल्याएका थिए त्यसैगरी, महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवासकुमार कार्की काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् भने अर्का सदस्यमा एमालेका उम्मेदवार विश्वराज विष्ट विजयी भएका छन्। त्यसैगरी, भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीका...

Read More