Author: Himalaya Post

कप्तान पारसको बिष्फोटक ब्याटिङपछि टिम चौराह धनगढी डीपीएल क्रिकेटको प्लेअफमा

काठमाडौँ– कप्तान पारस खड्काले बिष्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल)को प्लेअफमा पुगेको छ । चौराहले सोमबार राउन्ड रोबिनको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियागिताको प्ले अफमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले एसएसपी कार्यलय मैदानमा ६ विकेट गुमाई ९१ रन बनायो । १४.३ ओभर भित्र जित्न सकेको खण्ड्मा चौराहले प्लेअफमा पुग्ने थियो । तर चौराहले ११ ओभरमै ९७ रन बनाई खेल टुंगायो । स्कोर बराबर भएको अवस्थामा पृथु बाँस्कोटाले छक्का प्रहार गरे । टिमर्ला जिताउने क्रममा पारसले २१ बलमा २ छक्का र ७ चौकाको सहयोगमा ४२...

Read More

चितवनका चेपाङ समुदाय भन्छन् ‘चुनावको सम्चार आयो, नेता आ छैन’

नारायण ढुंगाना, चितवन– चितवनको विकट पहाडी चेपाङ गाउँमा चुनावको मौखिक समाचार पठाइएको भए पनि प्रचार पुगेको छैन । दलका नेताहरु उम्मेदवार छान्न तल्लीन भएकाले चेपाङलाई नेताले आफूहरु आउँदै गरेको समाचार मात्रै पठाएका छन् । विकट सिद्धिको छेरवाङका सिद्धलाल चेपाङ भन्छन्, “चुनावमा हामी आउँदै छौँ है भनेर सम्चार आयो, अरू केही आएन ।” “चुनावको खै अहिलेसम्म था छैन”, अर्का चेपाङ महिला ताराकुमारीले भनिन् । थाहा पायो भने हाम्रो भाइले था पाउने हो, एउटा महेन्द्रले सम्चार पठाथ्यो, ल गाउँलेलाई सुनाइदेउ है हामी आउँदै छ भनेर, लो लो भन्दिउँला भन्यो” सिद्धलालले भने, “सम्चार आयो नेता आ छैन ।” गाउँका मेहर सिंह चेपाङलाई...

Read More

निर्वाचनलाई केन्द्रित गरी सुरक्षा योजना तयार – उपप्रधान तथा गृहमन्त्री निधि

बाँके– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको आज नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री निधिले केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गरी विशेष योजना तयार गरेको जानकारी गराए। उनले निर्वाचनमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार, राजनीतिक दल र मतदान केन्द्रको सुरक्षा गर्न सुरक्षा प्रमुखहरुलाई सम्पूर्ण क्षमता प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री निधिले निर्वाचनमा केही असन्तुष्टि, असमझदारी, संविधान विरोधी, भूमिगत समूह तथा राजनीतिक शक्तिहरु सक्रिय रहेकाले चुनौती पनि भएकाले त्यसलाई सामना गर्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त...

Read More

१ अर्ब २० करोड नाघे फेसबुक म्यासेन्जरका नियमित प्रयोगकर्ता

काठमाडौँ – फेसबुकको म्यासेन्जरका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड नाघेको छ । पछिल्लो ८ महिनामा मेसेन्जरका प्रयोगकर्ताको संख्या २० करोडले बढेर मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड नाघेको फेसबुकले जनाएको छ । फेसबुकको मेसेन्जर सेवाका प्रमुख डेभिड मार्कसले आफ्नो एक फेसबुक पोष्टमा भनेका छन्ः अहिले हामीसँग हरेक महिना सक्रिय रुपमा म्यासेन्जर प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड नाघेको छ । गतवर्षको जुलाई फेसबुक म्यासेन्जरका प्रयोगकर्ताको संख्या १ अर्ब पुगेको थियो । फेसबुकको मुख्य एप प्रयोगकर्ताको संख्या भने विश्वव्यापी रुपमा १ अर्ब ७४ करोड पुगेको छ । फेसबुककै अर्को मेसेजिंग एप ह्वाट्सएपका प्रयोगकर्ताको संख्या पनि...

Read More

राजकीय भ्रमणका लागि राष्ट्रपति नयाँदिल्लीमा

भरत केसी, नयाँदिल्ली– भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी छन्। राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेका छन्।त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जानेछिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति...

Read More