काठमाडौँ– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन्।


ADVERTISEMENT


पछिल्लो मत गणना अनुसार महर्जनले १०३०० मत पाएका छन्। यस्तै एमाले र राप्रपा गठबन्धनका संयुक्त उम्मेद्वार हरिकृष्ण व्यञ्जनकार ९८८० मतसहित कांग्रेसलाई पछ्याइरहेका छन्। यस्तै साझा पार्टीका उम्मेद्वार रमेश महर्जनले ४२८१ मत पाउँदा माओवादी केन्द्रका दीपेश महर्जनले १३५२ मत पाएका छन्।


ADVERTISEMENT

# # #


उपमेयरमा पनि नेपाली कांग्रेसकै गीता सत्यालले ६ हजार १६२ मत ल्याएर अग्र स्थान कायम गरेकी छन् । दोस्रोमा भने साझ पार्टीकी शोभा शाक्य ३ हजार ८८२ मत ल्याएर गीता लाई पच्छ्याइरहेकी छन् ।

नेकपा एमाले र राप्रपाबीच तालमल भएपनि उपमेयरका लागि राप्रपाका बाबुकाजी थापा २१११ मत ल्याएर साझाकी शोभा लाई पच्छ्याइ रहेका छन् भने नेकपा माओवादी माओवादी केन्द्रकी हसिना शाक्य २ हजार मतका साथ चौथो स्थानमा छिन् ।