Author: Himalaya Post

काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने, स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौँ – काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ । यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो...

Read More

कोरोनाका बिरामीको उपचार सहज बनाउन कैलालीका सिडियोलाई उपप्रधानमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे जानकारी लिएका छन् । कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई सिधै टेलिफोन गरी जानकारी लिएका हुन् । उनले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए । मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफूलाई अथवा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न...

Read More

कांग्रेसले ओलीलाई विश्वासको मत नदिने, बरु फेल गराउन लाग्ने

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्माओलीलाई विश्वासको मत नदिने भएको छ । मंगलबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा पराजित गर्ने प्रयास गर्ने भएको छ । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ...

Read More

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्ती केपी शर्माओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । गत फागनु २३ गते सर्वोच्च अदातले नेकपा एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गरिरहेको थियो । यद्दपी निर्णय गर्न सकेको थिए । माओवादी केन्द्रले नयाँ सरकार निर्माणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग पनि निरन्तर छलफल गर्दै आएको छ...

Read More

विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको आशय राम्रो देखिएन : माओवादी केन्द्र

काठमाडौँ – नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले विश्वासको मत लिने प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको भन्दै यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक रहेका निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको उनको भनाई छ । लुम्बिनी प्रदेशमा भएको घटना असंवैधानिक भएको निष्कर्ष बैठकले निकाल्दै...

Read More