Author: Himalaya Post

विश्वासको मत दिन ओलीको आग्रह, देउवाद्वारा ठाडै अस्वीकार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । यद्दपी प्रधानमन्त्री ओलीको आग्रहलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ठाडै अस्वीकार गरिदिएका छन् । ‘छलफलमा प्रधानमन्त्री ओलीले विश्वासको मतमा कांग्रेसको सहयोगको अपेक्षा गर्नुभयो । हामीले विपक्षी दल भएकाले स्वभावैले अहिले तपाईंलाई सहयोग गर्न सकिने अवस्था छैन भनेर हामीले स्पष्ट राख्यौँ’, बैठकमा सहभागी कांग्रेस सहमामन्त्री प्रकाश शरण महतले भने । देशमा कोरोना महामारी व्याप्त रहेकाले यसको दुःखबाट जनतालाई बाहिर निकाल्न सरकारले हरसम्भव प्रयास गर्नुपर्ने र विपक्षी दल भए पनि कांग्रेस त्यसमा सहकार्य गर्न तयार रहेको बताएको उनले जानकारी दिए । छलफलमा सरकारले संसदलाई...

Read More

उपप्रधानमन्त्रीद्वारा कोरोनाको खोप तत्काल ल्याउन चार मन्त्रीसँग परामर्श

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास मैनालीबीचको बैठक बोलाएका हुन् । बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशिघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको थियो । सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ । सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ । सरकारले...

Read More

पूर्वरानी कोमललाई आइसीयूबाट वार्डमा सारियो

काठमाडौँ – नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ । कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ...

Read More

तस्बिरमा हेर्नुहोस् ओली-देउवा छलफल

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । छलफलका लागि प्रधानमन्त्री ओली सभापति देउवा निवास बूलानीलकण्ठमा पुगेका थिए । छलफलमा ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास चन्द्र नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी थिए । यस्तै कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्री कृष्ण सिटौला लगायत उपस्थित थिए । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा...

Read More

लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा

काठमाडौँ – लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । डाँगी दाङ २ (ख)मा नेकपा(एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन् । राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए...

Read More