काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको आकस्मिक बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


आफ्नै पार्टीभित्र माधव नेपाल–झलनाथ खनाल पक्ष विश्वासको मत नदिने भएपछि ओलीले काँग्रेससँग सहयोग मागेको थियो । तर काँग्रेसले साथ नदिने बताएपछि ओलीले आकस्मिक बैठक डाकेका हुन् ।