Author: Himalaya Post

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मङ्गलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । संसदीय दलको बैठकमा...

Read More

पर्वातारोहनमा कुनै स्वास्थ्य जोखिम छैन – पर्यटन मन्त्रालय

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउदैँ विज्ञप्ति निकालेर प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन–प्रसारण गरेका थिए । वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका र सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहण सम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै...

Read More

बालमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक पदपूर्ति खोज्नु अलोकतान्त्रिक – माधव नेपाल

काठमाडौँ – नेकपा एमाले नेता माधवकुमार नेपालले अध्यादेशमार्फत पदपूर्ती नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । उनको आधिकारिक फेसबुक ह्यान्डलमार्फत सन्देश जारी गर्दै उनले मुलुकमा उत्पन्न विषम परिस्थितिमा मुख्य जिम्मेवारीबाट हटेर पदीय स्वार्थमा लाग्न नहुने उनले बताएका छन् । गलत बाटोबाट गरिने नियुक्ति तत्काल बन्द गरी कोभिड नियन्त्रण, जनताको जीवन रक्षामा केन्द्रित हुन उनले आग्रह गरेका छन् । ‘कोभिड नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ उनले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन...

Read More

खेलकुद महासंघद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

काभ्रे – नेपाल खेलकुद महासंघले निषेधाज्ञाको समयमा जनताको सेवामा खटिरहेका प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । महासंघले विशेष राष्ट्रिय अभियानअन्तरगत काभ्रेको भकुण्डेबेसीमा खटिएका प्रहरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । महासंघले वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतको संयोजकत्वमा कोरोना महमारीमा विशेष राष्ट्रिय अभियान चालेको छ...

Read More

काँग्रेसले पर्वतमा पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउने, स्याङ्जामा आइसोलेशन

पर्वत – नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताए। सुविधासम्पन्न यो भवनमा ५० शय्यासम्म राखेर सङ्क्रमितको उपचार गर्न सकिने उनको भनाइ छ । सदरमुकाम कुश्माबजारकै मुख्य भागमा रहेकाले यो भवनमा अस्पताल बनाउँदा सवैलाई सहज हुने जोशीले बताए । पर्वत सदरमुकाम कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको...

Read More