काठमाडौँ – नेकपा एमाले नेता माधवकुमार नेपालले अध्यादेशमार्फत पदपूर्ती नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT


उनको आधिकारिक फेसबुक ह्यान्डलमार्फत सन्देश जारी गर्दै उनले मुलुकमा उत्पन्न विषम परिस्थितिमा मुख्य जिम्मेवारीबाट हटेर पदीय स्वार्थमा लाग्न नहुने उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


गलत बाटोबाट गरिने नियुक्ति तत्काल बन्द गरी कोभिड नियन्त्रण, जनताको जीवन रक्षामा केन्द्रित हुन उनले आग्रह गरेका छन् ।

‘कोभिड नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ उनले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।