विघटनको प्रयासपछि प्रधानमन्त्री ओली पहिलो पटक प्रतिनिधि सभा बैठकमा
काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली प्रतिनिधिभा बैठकमा उपस्थित भएका छन् । प्रतिनिधिसभा विघटनको प्रयासपछि पहिलो पटक ओली बैठकमा उपस्थित भएका हुन् । ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतले फागुन ११ गते ओलीको उक्त कदम असंवैधानिक ठहर गर्दै प्रतिनिसभालाई पुनर्स्थापित गरिदिएको थियो । त्यसपछि बसेका कुनै पनि बैठकमा ओली सहभागी भएका थिएनन् । उनी बैठकमा सहभागी हुनु संसद भवन नयाँ बानेश्वर पुगे पनि बैठक सुरु नहुँदै बाहिरिएका थिए । ओलीले आज प्रतिनिसभामा विश्वासको मत लिँदैछन् । जसका लागि उनी संसद बैठकमा उपस्थित भएका हुन्...
Read More