काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्माओलीकै कारण नेपालमा कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर ह्वात्तै बढेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले मागेको विश्वासको मतको बैठकमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले उद्घाटन, शिलान्यास, ठूल्ठूला कार्यक्रम र रथयात्रा गरेकै कारण कोरोना बढेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘दोस्रो लहर सुरु हुन थालिसकेको थियो । त्यसको संकेत देखिन थालिसकेका थिए । प्रधानमन्त्रीले थुप्रै उद्घाटन र शिलान्यास गर्नुभएको छ । जसको न बजेको ठेगान छ, न ठाउँको ठेगान छ । कोरोनाको दोस्रो लहर चलेकैबेला गर्नुपर्थ्यो त ? अलि पछि गरेको भए पनि हुन्थ्यो ।’

चितवनको माडीमा राम मन्दिर निर्माण थालेका प्रधानमन्त्री ओलीले बालुवाटारमा निर्माण गरेका राम र सीताका मूर्तिहरुलाई रथयात्रामार्फत चितवन पुर्याएका थिए । त्यसैतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘तपाईं नै होइन, ठूल्ठूला जुलुस्, रथ यात्रा गर्दै हिंड्नु भयो । त्यहीँबाट ह्वात्तै फैलिएको होइन ?’

प्रचण्डले कोरोना विरुद्ध लड्नका लागि सबै एकै ठाउँ आउनु पर्ने बताए ।