काठमाडौँ — जनता समाजवादी पार्टीबाट सांसद बन्न लागेकी लीला सिटौलाले आज पद तथा गोपनीयताकाे शपथ लिने भएकी छिन् । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे उनलाई शपथ गराउँदै छन् ।


ADVERTISEMENT


सिटौलालाई बुधबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद् सचिवालयका सूचना अधिकृत दशरथ धमलाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत हटाइएकी सरिता गिरीको ठाउँमा सिटौला नियुक्त भएकी हुन् ।