भक्तपुर । नेपालीहरुको महान चाड विजया दशमी (दशैं)को विशेष समयमा समेत भक्तपुरको विकासले भने निरन्तरता पाएको छ । दशैंकको चाडसँगै भक्तपुरकार सडकमा कालोपत्रे गर्ने कार्य भने तिव्र गतिका साथ अघि बढिरहेको पाइएको छ ।


ADVERTISEMENT


संघियताको कार्यान्वयनसँगै निर्वाचित जनप्रतिनिधि आएपश्चात भक्तपुरले विकासको मुहारमा ठूलो परिवर्तन आएको छ । विशेषत तीन वटै सरकारको समन्वय नै भक्तपुरको विकासमा मुल फुटेको हो । सडक, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा, वातावरण स्वच्छता, अपराधमुक्तलगायतका विभिन्न प्रकारका अभियानहरु नै विकास निर्माणसँगै जोडिएर भक्तपुरको विकास अघि बढेको छ ।


ADVERTISEMENT

# # #


यसै क्रममा भक्तपुरको विकासको नेतृत्व गरिरहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं। २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा भइरहेका कुनै पनि विकास निर्माणका कार्यहरुलाई आफैले प्रत्यक्ष अनुगमन, निरिक्षण तथा रेखदेख गरिरहनुभएको छ । जसको साथमा विभिन्न राजनितीक दल, जनप्रतिनिधि तथा स्थानीयवासीको अथक साथ र सहयोग रहेको छ ।भक्तपुर जिल्लालाई देशकै नमुना जिल्ला बनाउ छु , विकास निर्माणको काम गर्न कुनै चाडले छेक्दैन।

यसै बिच सांसद बस्नेतसहितको टोलिले दशैंको समयमा नै आज मध्यपुर थिमी अस्पताल हुँदै खरिवोट–गाम्चा जाने सडक कालोपत्रे भइरहेको ठाउँमा पुगी छड्के निरिक्षण गरेको छ । सांसद बस्नेतको साथमा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासी समेतको टोलिले उक्त स्थानमा निरिक्षण गरेको हो ।

संघिय सरकार सडक विभागको सहयोगमा निर्माणाधिन रहेको उक्त सडक कालोपत्रे भएसँगै शंखधर चोक हुँदै दक्षिण बाराही तर्फ जाने सडकमा हुने सवारी जाम तथा अन्य समस्या समाधानको मूख्य मार्गको रुपमा रहने भएको छ । उक्त सडकको कालोपत्रे सम्पन्न भएसँगै हनुमन्ते नदीमा निर्माणधिन पुलहरुले समेत सवारी साधन तथा स्थानीयवासीमा आवतजावतमा समस्या भइरहेको समयमा उक्त सडक समस्या समाधानको माध्यमको रुपमा रहेको छ । जसको निर्माणसँगै स्थानीयवासीले दुःखको शास्तिबाट छुटकारा पाउने भएका छन् ।

निरिक्षणका क्रममा सांसद बस्नेतले सडक निर्माण तथा कालोपत्रे गर्ने कार्यमा भएका गल्ती र कमजोरीलाई सुधार्न आग्रह गर्नुभएको छ । उहाँले निर्माण कम्पनिलाई जनताले पाएको दुःखलाई मध्यनजर गर्दै तत्काल निर्माण सम्पन्न गर्न समेत निर्देशन दिनुभएको छ ।