काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।


ADVERTISEMENT


उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।

यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।