काठमाडौं – यू–१८ साफ च्याम्पियनसिप फुटबलबाट डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको छ ।


ADVERTISEMENT


मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।


ADVERTISEMENT

# # #


नेपाल सेमिफाइनल पुग्नका लागि भुटानले माल्दिभ्सलाई ३-० गोलअन्तरले पराजित गर्नुपर्थ्यो । तर यी दुई टिमले बराबरी खेलेसँगै भुटान समूह विजेता र माल्दिभ्स उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

भुटानले दुई खेलबाट चार अंक जोडेको छ भने माल्दिभ्सले दुबै खेल बराबरी खेल्दै दुई अंक जोड्यो । नेपालले भने माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो भने भुटानसँगको खेल ३-० ले गुमाएको थियो ।

कुनै पनि प्रतियोगितामा समूह चरणबाट अघि बढ्न नसकेको भुटानका लागि यो उपलब्धी अहिलेसम्मकै ठूलो हो ।

यू–१८ साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण भने बुधबार पूरा हुँदैछ । समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा भोलि भारतले श्रीलंकासँग दिउँसो तीन बजे प्रतिस्पर्धा गर्दैछ ।