काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि प्रतिबन्धमा पर्ने खतरा मडारिइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको पछिल्लो कारवाहीसँगै कोहली निकै खतरामा छन् ।


ADVERTISEMENT


आइतबार भएको दक्षिण अफ्रिकाविरुद्धको टि–२० मा विराट कोहलीलाई मैदानमा दुर्व्यवहारमा दोषी ठहर गर्दै आइसीसीले चेतावनीसहित १ डिमेरिट अंक दिएको हो ।


ADVERTISEMENT

# # #


बैंगलोरमा भएको खेलमा कोहलीले दक्षिण अफ्रिकी बलर ब्यूरेन हेन्ड्रिक्सलाई काँधले धक्का दिएका थिए । यपछि आइसीसीले कोहलीलाई कारवाही गर्दै उनको रेकर्डमा १ डिमेरिट अंक जोडेको छ । यो कोहलीको २ वर्षको अवधिमा तेस्रो डिमेरिट अंक हो । अब २ वर्षको अवधि पूरा नहुँदै कोहलीको रेकर्डमा चौथो डिमेरिट अंक जोडिएमा उनी प्रतिबन्धमा पर्नेछन् ।


सेप्टेम्बर २०१६ मा आइसीसीले लागू गरेको नयाँ नियमअनुसार कुनै पनि खेलाडीकोरेकर्डमा २ वर्षको अवधिमा ४ डिमेरिट अंक भएमा उसलाई प्रतिबन्ध लगाइने व्यवस्था छ । कोहलीले २०१८ को प्रिटोरिया टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध खेल्दा पहिलो डिमेरिट अंक पाएका थिए । त्यसपछि अफगानिस्तानसँग विश्वकपमा २२ जूनमा उनको रेकर्डमा दोस्रो डिमेरिट अंक जोडिएको थियो ।

अहिले तेस्रो अंक जोडिएपछि उनी खतरामा छन् । आगामी जनवरी १५ भन्दा पहिले कोहलीको रेकर्डमा अर्को डिमेरिट अंक जोडिएमा उनी प्रतिबन्धमा पर्नेछन्