काठमाडौँ – कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगलमा भएको दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


नवलपरासीपूर्व देवचुली नगरपालिकाबाट पश्चिमतिरको यात्रामा निस्केका पाँच जना यात्रु चढेको बा२१च ६४०९ नम्बरको कारलाई सोमबार राति ९ बजे विपरीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


ठक्करबाट निधन हुनेहरूमा नवलपरासी (पूर्व) देवचुली–१ का पूर्णबहादुर विक, देवचुली १० का दीपेश राना तथा हिरा राना एवम् कैलालीका दिलबहादुर ढेडामगर र सुरज रानामगर रहेका छन्।

मृतकमध्ये कारका चालक को हुन् भन्ने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। उनीहरू किन र कहाँसम्मको यात्रामा निस्केका थिए भन्ने खुलेको छैन।

दुर्घटनाको खबर पाएपछि पुगेको प्रहरीले कच्याककुचुक भएको कारबाट उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल भरतपुर चितवन पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको नवपरासी प्रहरीले बताएको छ।

चालकले प्रहरीलाई दिएको प्रारम्भीक बयानका अनुसार कार र ट्रक दुवै तीब्र गतिमा थिए।

भैरहवाबाट काठमाडौं गइरहेको लोडेड ट्रकको दाहिनेतर्फको भागले कारलाई ठक्कर दिएको चालक चौधरीले प्रहरीसमक्ष बयान दिएका छन्।