काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।


ADVERTISEMENT


हलचोकस्थित एपीएफको खेल मैदानमा आज हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ । खेल दिउँसो तीन बजे सुरु हुनेछ । भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।


ADVERTISEMENT

# # #


यसअघि उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तर भुटानविरुद्ध भने नेपाल स्पष्ट जितको खोजीमा हुनेछ ।