काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पक्का भएको पार्टी नेताहरुलाई जानकारी गराएका छन् ।


ADVERTISEMENT


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमण हुने भएको जानकारी गराएका हुन् । यद्यपि उनले भ्रमणबारे धेरै बताएनन्, ‘एजेण्डा नै बनाएर फेरि छलफल गरौंला’ भनेको सचिवालयका एक नेताले जानकारी दिए ।


ADVERTISEMENT

# # #


राष्ट्रपति सी जिनपिङ दशैं लगतै भारत हुँदै नेपाल आउने छन् । सी भारत -चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन दिन अनौपचारिक छलफल गरेर उनी नेपाल आउनेछन् ।

दुबै देशको परराष्ट्र मन्त्रालयले भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरेको छैन । तर १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किने स्रोतको दाबी छ ।

राष्ट्रपति सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली सोमबार नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग ‘सी जिनपिङ थप’बारे समेत छलफल गर्ने कार्यक्रम छ ।

सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ ।