काठमाडौँ – ज्ञानेन्द्र शाहीलाई कास्कीपछि धनुषामा पनि प्रवेश निषेध गरिएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)राष्ट्रिय युवा संघ नेपाल, धनुषाले सोमबार विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई प्रतिबन्ध लगाएको जनाएको हो।


ADVERTISEMENT


‘हजारौं जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकविरूद्ध अभियान चलाउने ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही) लाई धनुषामा प्रवेश निषेध गरिने’ राष्ट्रिय युवा संघ नेपाल, धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै प्रकारको कार्यक्रम तथा प्रवेश नगर्न चेतावनी दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ।


ADVERTISEMENT

# # #


धनुषाको युवा संघले भदौ २८ गते नेपालगञ्ज एयरपोर्टमा पर्यटन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहारको प्रयास गरेकोमा आपत्ति जनाएको छ।

यसअघि कास्कीको राष्ट्रिय युवा संघले आइतबार विज्ञप्ति जारी गर्दै ‘गलत अभियान’मा लागेको भन्दै शाहीलाई कास्की जिल्लामा प्रवेश गर्न नदिने घोषणा गरेको थियो ।