काठमाडौँ – साफ यू १८ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पोखरामा ८ दिनको क्पाम्पपश्चात मंगलबार अन्तिम सूचि सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


घोषणा गरिएको सूचिमा गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङले स्थान बनाउन सकेका छैनन् भने केही नयाँ अनुहार आएका छन् ।


ADVERTISEMENT

# # #


सेप्टेम्बर २० देखि सुरु हुने प्रतियोगिता नेपालले आयोजना गर्दैछ । प्रतियोगिताका सबै खेल काठमाडौँको हलचोकस्थित मैदानमा हुने एन्फाले जनाएको छ । नेपालले आफ्नो पहिलो तथा प्रतियोगिताको उद्घाटन खेलमा सेप्टेम्बर २० मै माल्दिभ्ससंग खेल्दैछ ।

यस्तो छ टिम

गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी, पुजन होना
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन
मिडफिल्ड : शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा
फरवार्ड : बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी