इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आईएमएस) ग्रुपका अध्यक्ष दीपक मल्होत्रासंग डिजिटल पेमेन्ट सेवा ‘सेल पे’का बारेमा गरिएको कुराकानी :


ADVERTISEMENT


तपाईहरुले भर्खरैमात्रै ‘सेल पे’ सञ्चालनमा ल्याउनु भएको छ । खासमा ‘सेल पे’ भनेको के हो ?


ADVERTISEMENT

# # #


अहिले नेपाली समाजपनि विस्तारै डिजिटल युगमा प्रवेश गरिरहेको छ । सूचना प्रविधिको यो युगमा अब कागजका नोटलाई विस्थापित गर्ने भन्ने सिद्धान्त एककिसिमले विश्वभरि चलिरहेको छ । त्यही शिलशिलामा यो डिजिटल पेमेन्ट भन्ने संसारभरि चलिरहेको छ । जुन निकै लोकप्रिय पनि भइरहेको छ । ‘सेल पे’ भनेको पछिल्लो प्रविधि अनुसारको डिजिटल पेमेन्ट सेवा हो । सेल पेमा हामीले ३६० डिग्री पेमेन्ट सिस्टमलाई समेटिएको छ । यसलाई हामी ६ किसिमले हेर्छौँ । पर्सन–पर्सन, पर्सन–बिजनेस, पर्सन–गभरन्मेन्ट, अर्थात ‘पी टु पी’, ‘पी टु बी’ र ‘पी टु जी’ । ‘पी टु पी’ भनेको म एउट व्यक्ति हो तपाई अर्को । मैँले तपाईलाई पैसा दिनुपर्ने छ, जुन तपाईको खातामा ट्रान्सफर गरिदिएँ । ‘पी टु पी’ भयो । त्यो त्यसपछि ‘बी टु पी’ अर्थात पर्सन टु बिजनेस । मैँले पसमा केही सामान किन्न गएँ र सेल पे बाट पैसा तिर्छु भन्दा ‘पी टु बी’ भयो ।

अर्को मैँले सरकारलाई टेलिकमको, धाराको, बिजुलीक इत्यादीको महशुल तिर्नुपर्यो भने त्यो पी टु जी भयो । यसले तीनवटा कभर गर्यो । अर्को तीनवटा भनेको बी टु पी, बी टु बी र बी टु जी । मैँले मेरो कर्मचारीलाई तलब दिनुपर्यो भने म यही सिस्टमबाट दिन्छु । त्यो विजनेस टु पर्सन भयो । मेरो कम्पीले कुनै अर्को निजी संस्थासंग केही सामानहरु किनेँ, जस्तो वितरकले उद्यागेबाट किन्छ । डिलरले वितरकसंग किन्छ । त्यसको पेमेन्ट पनि यसबाट हुन्छ । जुन बिजनेस टु बिजनेस अर्थात ‘बी टु बी’ भयो । कुनैपनि व्यापारिक संस्थाले आयकर, भ्याट, टीडीएस सरकारलाई बुझाउनु पर्नेभयो भने यसबाटै बुझाउन मिल्छ ।

सबै क्षेत्र समेट्ने भएकाले यसलाई ३६० डिग्री सिस्टम भनिएको छ । अहिले पी पी अर्थात पर्सन टु पर्सन ट्रान्सफर गर्दा राष्ट्र बैँकले एउटा सीमा निर्धारण गरेको छ । महिनामा एक लाख थियो । अहिले ६० हजारमा घटाइएको छ । यस्तै एकपल्टमा २५ हजार थियो, अहिले घटाएर २० हजारमा ल्याइएको छ । तर, अन्यमा सीमा सी छैन

अहिले नेपाली बजारमा पनि थुप्रै डिजिटल पेमेन्टहरु आइसकेका छन् । तपाईहरुको ‘सेल पे’ अन्यभन्दा कसरी भिन्न छ ?

अन्यको जस्तै पूराना सेवाहरु त हुने नै भए । तर यसमा दुई नयाँ कुराहरु छन् । जसले तिनीहरुभन्दा सेल पेलाई भिन्न गराएको छ । अन्य कुनैमा वालेटलेस सेवा होला तर रियल टाइम छैन । पहिले डिजिटल पेमेन्टमा ए, बी, सी, डी वा अन्य अक्षरको वालेट हुन्थ्यो । जसमा ग्राहकले रकम जम्मा गर्नुपर्थ्यो । त्यसपछि आफूले चाहे अनुसार खर्च गर्न पाइन्थ्यो । तर, अहिले यसमा दुई तीनवटा नविनतम प्रविधि समावेश गरिएको छ । एउटा हाम्रो वालेटमा नगद जम्मा गर्नुपर्दैन । कुनैपछि उपभोक्ता वा ग्राहक, जसले यो एप्लिकेसन डाउनलोड गरेका छन्, उनीहरुले हाम्रो सेल पेमा पैसा जम्मा गर्नुपर्दैन ।

आफ्नो बैंकमा भएको पैसाबाट उसले चाहेको बेलमा खर्च गर्न पाउँछ । बैँकमा बसुन्जेल उसले ब्याज पाउँछ । तर, वालेटमा पैसा जम्मागरेपछि त्यसको ब्याज पाइँदैन । जसले उपभोक्तालाई नोक्सानी पुगेको हुन्छ । अर्को ‘रियल टाइम ट्रान्ज्याक्सन’ हुन्छ । जस्तौ मैँले तपाईको खातामा पैसा ट्रान्सफर गर्नुपर्यो भने मैँले यहाँबाट बटन दबाएँ भने तपाईको खातामा तुरुन्तै पैसा पुगिहाल्छ । कुरिराख्नु पर्दैन । बैँकमा गएर चेक काट्नु परेन, धाँधली गर्नुपरेन । यसमा यी दुईवटा कुरा नयाँ छ ।

प्रयोगकर्ताका हिसाबले कस्तो छ अहिले ‘सेल पे’ को अवस्था ?

‘सेल पे’ सुरु भएको छ । सुरु हुनेबित्तिकै रिजल्ट आउने भन्ने होइन । यसमा मेहनेत गर्नुपर्नेछ । जसमा हामीले कुनै कमी गरेका छैनौँ । हामीले सार्वजनिक गरेको झण्डै एक महिना भयो । यो अवधिमा हाम्रो ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसमा हामीले बढीभन्दा बढी रेण्डरहरुलाई सहभागी गराउँदैछौँ । सुरुमा हामीले सार्वजनिक गर्दा ८ वटा बैँक थिए । अहिले १३ वटा पुगेको छ । अन्य बैँकहरुसंग पनि कुरा भइरहेको छ । त्यसकारण मलाई लाग्छ आउने दुई महिनामा हामी धेरैभन्दा धेरै बैँकसंग सहकार्य गर्नेछौँ । जति धेरै बैँक बढी जोडिए, त्यती नै हामी लोकप्रिय हुने हो । त्यसकारण हामी अहिलेको अवधिमा बढीभन्दा बढी बैँकहरुसंग आवद्ध हुने प्रक्रियामा छौँ ।

आगामी योजनाहरु के के छन् ?

अहिले हामी बढीभन्दा बढी बैँक तथा वित्तीय संस्था र अन्य क्षेत्रहरुसंग जोडिने प्रयास गरिरहेका छौँ । हामी सिनेमाको टिकट, सपिङको क्षेत्रमा पनि सेलपेलाई जोड्न प्रयासरत छौँ । त्यसका लागि हाम्रो मार्केटिङ टिमले काम गरिहेको छ । यसभन्दा अघि क्रेडिट कार्डको जमाना थियो । जुन अहिले पनि छ । ग्राहकले निश्चित ठाउँमा राखिएको मेसिनबाट आफ्नो पैसा झिकेर खर्च गर्न पाउँछन् । सूचना प्रविधिको विकाससंगै हामीले अब यो सिस्टम बसाल्नुपर्नेछ । किनभने आजको दिनमा मोबाइल फोन त सबैको हातमा छ नि । क्रेडिट कार्ड छुट्टै बोक्नुपर्यो । सेल पे छुट्टै बोक्नु पर्यो । पैसा तिर्ने काम त क्रेडिट कार्डले गर्ला । तर, यसले कतिपय काम गर्न सक्दैन । जस्तो पैसा ट्रान्सफर गर्ने काम त गर्न सक्दैन । क्रेडिट कार्डको भन्दा बढी काम डिजिटल पेमेन्टले गर्छ भने प्रयोग किन नगर्ने ?

अन्त्यमा के भन्नुहुन्छ ?

मैँले अघि पनि भनेँ, विश्व नै नगदरहित प्रणालीमा जाने चरणमा छ । त्यसमा नेपाल पनि जानु पर्छ । त्यसमा हामी सबै जना एकजुट भएर जानुपर्नेछ । प्रत्येक नागरिकको दायित्व भनेको राज्यलाई तिर्नुपर्ने कर तिर्नु हो । त्यसमा हामीले तलमाथि गर्नु हुँदैन भन्ने भावनजा उत्पन्न हुनुपर्छ । त्यसलाई आत्मसाथ गर्ने हो भने यो सिस्टमबाट अगाडि बढ्दाखेरि पारदर्शी हुन्छ । कतिपय मान्छेहरु पारदर्शी बन्न रुचाउँदैनन् होला । तर, म उहाँहरुलाई के भन्छु भने यो जमाना बेग्लै छ । हामीले कति पैसा कमायौँ र कति खर्च गर्यौँ, त्यसको रेकर्ड राखौँ । अहिले प्रत्येक नागरिकको हातमा प्यानकार्ड भन्ने योजना सरकारले ल्याइसकेको छ । त्यो पनि पारदर्शीताका लागि नै हो ।

अहिले सरकारले डिजिटल पेमेन्टमा अर्को सुविधा दिन लागेको छ । बजेट भाषणमा उल्लेख भइसकेपनि कार्यान्वयन हुन बाँकी छ । जस्तोः यदि मैँले १०० रुपैयाँको कुनै सामान किनेँ भने त्यसमा १३ प्रतिशत कर जोडेर ११३ ररुपैयाँ तिर्नुपर्ने हुन्छ । तर, डिजिटल पेमेन्टबाट कुनै सामान किनियो भने मैँले तिरेको करबाट १० प्रतिशत तत्काल मेरो खातामा फिर्ता आउँछ । यो पारदर्शी र प्रविधियुक्त समाज बनाउनका लागि हो । त्यसकारण म सम्पूर्ण उपभोक्ता र ग्राहकलाई ट्रान्सपरेन्सी बन्नका लागि डिजिटल पेमेन्ट प्रयोग गर्न आग्रह गर्छु ।