काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । उनले यो लोकतान्त्रिक गणतन्त्र भएकाले ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि स्वतन्त्रपूर्वक हिँड्न पाउने भन्दै उनले अरिंगाल प्रवृत्ति छाड्न युवा संघ नेपाललाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय युवा संघ नेपाल कास्कीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध गरेको जनाएको थियो ।


ADVERTISEMENT

# # #


थापाले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्– कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो । ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रतापूर्वक हिँड्न पाउँछन् । आफ्नो विचार राख्न पाउँछन् । गल्ती गर्नेलाई विधिले बाँध्ने हो निषेध गर्ने होइन । सरकारको गति र मति ठीक पार्नुहोस् आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफैं परास्त हुन्छन् ।”