काठमाडौँ – नेकपाका सांसद गजेन्द्र बहाद्र महतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहन मुद्दाका अभियुक्त सञ्चारकर्मी रवि लामिछानेको रिहाईको माग गर्दै गरिएको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतले चितवनमा रवि लामिछानेको रिहाईका मागमा हजारौँको संख्यामा भएको प्रदर्शनमा सरकार गम्भीर बन्नुपर्ने बताए । सरकारले रोजगारी दिन नसकेकाले चितवनमा हुल जम्मा भएको बताए ।


ADVERTISEMENT

# # #


उनले उक्त प्रदर्शनको जिम्मा मुख्यगरी श्रम र गृहमन्त्रालयले लिनुपर्ने बताए । ‘श्रम मन्त्रालयले रोजगारमा जानपनि नदिने, रोजगार भएकालाई पनि फिर्ता बोलाएर बेरोजगार बनाइ दिने, रोजगार दिन पनि नसक्ने ।’ उनले भने, ‘जो हुल र जत्था जम्मा भइरहेको छ, यसले पनि जात्रा सुुरु भएको छ ।’

यस्तै उनले गृहमन्त्रालयले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै असन्तुष्टि जनाए । ‘गृह मन्त्रालयले मुद्दै हेर्दैन । जनताका मुद्दा हेरेकै छैन । हाम्रो गाउँघरमा अहिले पनि मान्छेहरु ध्वजा र कुखुरा च्यापेर न्यायका लागि मन्दिर धाउँछन् ।’ उनले भने, सहरका मान्छेहरु टिभी च्यानलमा पुग्छन् । जसका कारण अहिले यो जात्रा भएको हो ।’

मन मिलेर होटेलमा पुगेका युवायुवति खोज्दै हिंड्ने प्रहरी प्रशासन जनताका सक्कली समस्याबाट भने टाढा रहेको उनले बताए । ‘हेर्नुपर्ने मुद्दा हेर्दैन, नहेर्नुपर्ने मुद्दा हेर्छ ।’ उनले भने, ‘यसबारेमा श्रम मन्त्रालय र गृहमन्त्रालय चनाखो होस् । होइन भने यो जात्रा कहाँ पुग्छ मैँले पनि भन्न सक्दिनँ ।’