काठमाडौँ – नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमले किसान र युवाको मुहारमा सरकारले खुसी ल्याउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आलमले सरकार किसान र युवाप्रति सरकार जिम्मेवार हुन नसकेको बताएका हुन् ।


ADVERTISEMENT


उखु किसानलाई उखुको पैसा नदिएको भन्दै उनले आपत्ति जनाए । ‘चिनी मिल बन्द भएको एभ महिनाभित्र उखु किसानको पैसा भुक्तान हुनुपर्छ । यसका लागि सरकारले कानुनी व्यवस्था गरोस्’ उनले भने । यस्तै उनले किसानलाई आवश्यक पर्ने मल, बिउविजन लगायतका सामग्री पनि सरकारले उपलब्ध गराउनु पर्ने बताए ।


ADVERTISEMENT

# # #


देशमै राजगारी गर्ने युवाहरुको सपना चकनाचुर भएको भन्दै उनले त्यसका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको पनि विरोध गरे । उनले भने, ‘आफ्नै मुलुकमा रोजगार उपलब्ध हुन्छ भने राम्रो कुरा हो । तर, पैसा बाँडेर युवा बेरोजगारी समस्याको समाधान हुँदैन ।’

किसान र युवाको पक्षमा सरकार गम्भीर बन्नुपर्ने उनले बताए । ‘प्रत्येक किसानको खेतमा हरियाली होस्, नौजवानको हातमा राम्रो रोजगार होस् । यही मेरो कामना हो ।’