काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको भएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालय, चितवनले तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै मुद्दा दर्ता गरेको हो ।


ADVERTISEMENT


यसअघि चितवन प्रहरीले अनुसनधान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो । प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो।


ADVERTISEMENT

# # #


अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पत्रकार रवी लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।

त्यही भिडियोलाई आधार मानेर लामिछानेसहित तीनै जना अघिल्लो विहीबारदेखि प्रहरी हिरासतमा रहेका छन् ।