काठमाडौँ – मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र सञ्चारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाटै निकालिदिएको छ ।


ADVERTISEMENT


बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर पठाएका हुन् । विमान चढेर सिटमा बसिसकेका उनीहरूलाई सिल्क एयरका क्याप्टेनले नै साथै उडाउन नसकिने भन्दै विमानबाट ओर्लिन भनेका थिए।


ADVERTISEMENT

# # #


त्यसमा विवाद भएपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट बाहिर लगेको थियो । सञ्चारकर्मी सनतले नै मदिरा सेवन गरेको स्वीकार गरेका छन् । घटना बाहिरिएपछि उनले फेसबुक लाइभ मार्फत नै उक्त कुरा स्वकार गरेका हुन् ।

आफ्नो कारणले डिपोर्ट गरेको भनेर समाचार आएको भन्दै फेसबुक लाइभमार्फत आपत्ति व्यक्त गरेका छन्।