दाङ – सामान्य विवादको कारण छिमेकीलाई खुकुरी प्रहार गरेको अरोपमा प्रहरीले दाङमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा सोही ठाउँ कचोक बस्ने २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार उनीहरुले घोराही उपमहानगरपालिका–१५ बस्ने १८ वर्षीय त्रिशक्ति बर्तौलालाई खुकुरी प्रहार गरेका थिए । घाइते भएका बर्तौलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले हमाल र चौधरीलाई खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।