काठमाडौँ – पत्रकार शालिक राम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा छानबिनका लागि न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछानेको पक्षमा काठमाडौँमा पनि प्रदर्शन भएको छ ।


ADVERTISEMENT


काठमाडौँमा युवाहरुले रवि लामिछानेको रिहाईको माग गर्दै प्रर्दशन गरेका हुन् । माइतीघर मण्डलाबाट सुरु भएको नाराबाजी बानेश्वर गएर टुंगिएको थियो ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीहरुले ‘हिरासतमा हामीलाई हाल’, ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘रविलाई रिहाई गर’ लगायतका नाराहरु लगाएका थिए । उनीहरुले गृहमन्त्री राम बहादुर थापा ‘बादल’, चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ लगायतले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

गत साउन २० गते चितवनको एक होटलमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले आफ्नो भिडियो सन्देशमा न्युज २४ टेलिभिजनका पत्रकारद्वय रवि लामिछने र युवराज कँडेल तथा अस्मिता कार्कीले आफूहरूलाई यातना दिई आत्महत्या गर्न वाध्य पारेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियो बाहिरिएपछि प्रहरीले गत बिहीबार तीनै जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको छ ।